आधुनिकीकरण नगरेसम्म कृषी विकास असम्भव –कृषीमन्त्री गजुरेल
असार -३, कृषिमन्त्री हरिबोल गजुरेलले कृषिलाई आधुनिकीकरण नगर्दासम्म कृषिको विकास सम्भवनभएको बताएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला शाखा लमजुङले बेसीशहरमा गरेको पत्रकार भेटघाट कार्यक्रममाउनले कृषिमा विश्वमा अभ्यास गरिएका आधुनिक सोचलाई नेपालमा पनि लागू गरिनु पर्ने विचार राखेका हुन् ।
मन्त्री गजुरेलले युवालाई विदेश पलायन हुनबाट रोक्न कृषी उपज उत्पादनमा प्रोत्साहन गरिने बताए । किसानलाई बिना धितो ऋण र अनुदानको व्यवस्था गरिने बताउँदै उनले कृषीको विकास भएमात्रै देशमा आर्थिक समृद्धि आउने बताए । कृषीलाई नयाँ स्वरुपमा विकास गर्न त्यसमा आधुनिकरण, औध्धाेगीकरण र यान्त्रिकीकरण गर्न आवश्यक भएको उनको भनाइ थियो ।
संविधानमा भएको असहमतीको बिषयलार्इ बार्ताको माध्यम बाटै समाधान खोज्नु पर्ने उनको धारणा थियाे। संविधान लागू गराउन दरिलो सहमतीको सरकार आवश्यकता रहेको र स्थानिय चुवाव गराउन समेत सहमतीकै सरकार आवश्यक रहेको उनको जिकिर थियो ।
Krish Mantri
krish mantri hari bol gajuler