News

विरगन्जबाट नौ डाक्टर नियन्त्रणमा

विरगन्जबाट नौ डाक्टर नियन्त्रणमा
असार –३, केन्द्रिय अनुसन्धान व्यूरो सिआईबीको टोलीले वीरगन्जका नौ जना डाक्टरलाई अनुसन्धानको लागि आफनो नियन्त्रणमा लिएको छ । Doctro in Jail सिआईबीका डिएसपी फिरोज बस्नेतको नेतृत्वमा आएको टोलीले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा नगरको विभिन्न नीजि क्लिनिक तथा अस्पतालमा छापामारी गरी नौ जना डाक्टरलाई आफनो नियन्त्रण लिएको हो । आईएससी सर्टिफिकेट नक्कली पेश गरी चिकित्सकको लाईसेन्स लिईएको आरोपमा उनीहरुलाई पक्राउ गरीएको सिआईबीले जनाएको छ । सिआईबीले डा कुशराज गिरी, डा दिनेश साह, डा सरोज कुमार सिंह, डा अरुण कुमार गुप्ता, डा पन्नालाल पटेल, डा महमद रहुल्ला खान, डा निमेश पाल रमन, डा ईरसादुल हक र डा राम कुमार प्रधानलाई नियन्त्रणमा लिएका छन । जसमध्ये ४ जना डाक्टर नेशनल मेडिकल कलेजका रहेका छन भने अन्य नारायणी उपक्षेत्रिय अस्पताल तथा नीजि क्लिनिकमा कार्यरत रहेका छन । सिअार्इबीले बिहान नौ बजे डाक्टरहरुलाई लिई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी प्रारम्भीक अनुसन्धान पश्चात दिउसो तीन बजे थप अनुसन्धानको लागि काठमाण्डौ लगेका छन । डाक्टरहरुलाई अपराधी शैलीमा नियन्त्रणामा लिएको भन्दै वीरगन्जमा चिकित्सकहरुले सिआईबी विरुद्ध जिल्ला प्रहरी कार्यालय परिसरमै नारा बाजी गरेका छन । उनीहरुले नाराबाजी गर्दै नगरका सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पारी विरोध गरेका छन ।

Birganj Doctro pakraw

विशेष