सुर्खेत विमानस्थल साढे दुई घण्टा ठप्प
असार – ३, कैलाश मानासरोवर तीर्थयात्राबाट फर्केका भारतीय तीर्थयात्रीले रनवेमा अवरोध पुर्याउँदा सुर्खेत विमानस्थल दिउँसो साढे दुई घण्टा ठप्प भयो ।
हुम्लाबाट नेपालगञ्ज विमानस्थलको बोडिङ पास दिएर सुर्खेतमा झारिएको भन्दै मानासरोवरबाट फर्किएका भारतीय तीर्थालुले रनवेमै सुतेर अवरोध गरेका हुन् । भारतीय तीर्थयात्रुका कारण हुम्ला जाने र त्यहाँबाट आउने छ वटा उडान अवरुद्ध भए । रनवेको अवरोध हटाउन प्रहरीले बल प्रयोग गर्दा एक महिला प्रहरीसहित दुई तीर्थालु घाइते भएका छन् । विहान हुम्लाको सिमीकोटबाट नेपालगञ्जका लागि भारतीय तीर्थयात्रु बोकेर उडेको गोमा एयरका दुई जहाज सुर्खेतमै रोकिएपछि विवाद सुरु भएको थियो ।
Surkhet Airport