News

सुनको प्रलोभनमा ४० लाख गाएब

सुनको प्रलोभनमा ४० लाख गाएब
gold-1 सस्तोमा सुन किन्न खोज्दा ४० लाख रुपैयाँ गुमेको छ । ४० लाखमा एक किलो सनु दिने भन्दै एक युवक नाटकीय शैलीमा पैसा लिएर फरार भएका हुन् । सिराहाका सन्तोषकुमार यादव र नीरजकुमार यादवको ४० लाख रुपैयाँ गुमेको हो । यादवद्वयलाई सिराहाकै अमर सोनी र नवीनकुमार चौधरीले ठगेका हुन् । गोशालाको एक होटलमा पैसा लिएपछि अर्को कोठाबाट सुन लिएर आउने भन्दै सोनी पैसा लिएर फरार भएका हुन् । सोनीका साथी नवीनलाई भने प्रहरीले पक्राउ गरेको छ । सानी भागेपछि नवीनलाई सन्तोष र नीरजले बानेश्वरमा बन्धक बनाएका आजको नयाँ पत्रिका दैनिकामा समाचार छ । एक व्यक्तिको अपहरण गरी बन्धक बनाइएको भन्ने सूचनाका आधारमा प्रहरीले बिहीबार बानेश्वरको मागेश्वरा मार्ग्स्थित राम उद्गार यादवको घरमा छापा मारेर चौधरीलाई उद्धार गरेको थियो । अनुसन्धान गर्दा चौधरीका साथीले ४० लाख लिएर भागेपछि उनलाई बन्धक बनाइएको खुलेको हो । एक किलो सुनको ५० लाख पर्ने भए पनि ४० लाख रुपैयाँमा दिने भन्दै प्रलोभनमा पारेर उनीहरुलाई ठगिएको थियो

gold gold price

विशेष