अर्थ News

नेपाल टेलिकममा कर्मचारी कटौती

नेपाल टेलिकममा कर्मचारी कटौती
असार – ४, नेपाल टेलिकमले फेरी कर्मचारी कटौति गर्ने भएको छ । टेलिकमले पुराना ढर्राका कर्मचारीहरुवाट सेवाग्राहिलाई प्रभावकारी रुपमा सेवा दिन नसकेको र नयाँ प्रविधिसंग अपडेट भएर काम गर्न असक्षम रहेको भन्दै बारम्वार आरोप खेपिरहेका थियो । उक्त आरोपलाई ध्यानमा राख्दै टेलिकमले दोस्रो चरणको स्वेच्छिक अवकास कार्यक्रम (भिआरएस)का लागि आह्वान गरेको हो । NTCएक बर्षभित्रमा १८ सय कर्मचारीलाई अवकास दिने लक्ष्यका साथ टेलिकमले आह्वान गरेको पहिलो चरणमा सात सय ८९ जना कर्मचारीले भिआरएसमार्फत अवकास दिएका थिए । टेलिकमले दोस्रो चरणमा पनि सोहि हाराहारीमा कर्मचारीहरुलाई अवकास दिने जनाएको छ । टेलिकमले शुक्रवारदेखि १५ दिनभित्र कर्मचारीहरुलाई आफू कार्यरत निर्देशनालय वा लेखा कार्यालयबाट प्रमाणित गरी निवेदन दिन अनुरोध गरेको छ । टेलिकमले तीन चरणमा ती कर्मचारीलाई बिदा गर्ने योजना अगाडि ल्याएको थियो। सेवा अवधि ६ महिना भन्दा कम बाँकी रहेका बाहेक २५ वर्ष सेवा अवधि पुरा गरेका कर्मचारी भिआरएस योजनामा सहभागी हुन सक्नेछन् । टेलिकममा शैक्षिक योग्यता कम भएका र प्राविधिक दक्षता पनि नभएका कर्मचारीलाई लक्षित गरेर यो योजना ल्याएको हो। पहिलो चरणको भिआरएस पाउनुभन्दा पहिले नेपाल टेलिकममा ५२ सय कर्मचारी कार्यरत थिए। ती मध्ये १८ सय जना यो योजनाबाट बाहिरिन्छन् भने अघिल्लो चरणमा सात सय ८९ जना बाहिरिसकेका छन्। अवकाश लिन चाहने कर्मचारीका लागि व्यवस्थापनले फारम उपलब्ध गराउँछ र कर्मचारीले टेलिकमको कार्य्विधिअनुसार त्यो फारम भरेर बुझाउँछन र अवकासको चरणमा पुग्छन्। यसका साथै टेलिकमले कतिपय कामहरु आउट सोर्सिङबाट गर्न थालेपछि पनि कर्मचारी बढी भएका हुन्। हाल टेलिकमले सुरक्षा गार्ड, मर्मत सम्भार, सरसफाई लगायतका लागि आउट सोर्सिङबाट काम गरिसकेको छ। त्यस्तै भविश्यमा यि बाहेक टेक्निकल र प्रशासनका क्षेत्रमा पनि आउटसोर्सिङ गर्दा यस क्षेत्रमा सेवा प्रवाह छरितो रुपमा हुने टेलिकमका सह प्रबक्ता डिल्लीराम अधिकारी बताउँछन् । स्वेच्छिक अवकाश योजनामा सहभागी हुने कर्मचारीले न्यूनतम ४० लाख रुपैयाँदेखि एककरोड रुपैयाँसम्म पाउँछन् । अधिल्लो चरणमा यसरी कर्मचारी विदाइ गर्दा टेलिकमलाई करिब साढे पाँच अर्ब रुपैयाँ व्ययभार परेको थियो। एकै पटक सबैलाई बिदाई गर्दा कम्पनीलाई ठुलो व्यवभार पर्ने भएकाले तीन चरणमा कटौती गर्न लागिएको ति सञ्चालकले बताए । नेपाल टेलिकमको प्रमुख प्रतिस्पर्धी कम्पनी एनसेलमा पाँचसय २१ जना कर्मचारी कार्यरत छन् । टेलिकममा भने यो योजनापछि पनि ३४ सय कर्मचारी कायम रहन्छन् र अब आउने कर्मचारीहरु कम स्थायी र धेरै करारमा राखिने उनले बताए ।

Ncell NTC NTC Karmachar

विशेष