चाडमा बीस लाख बालबालिका मानवीय सङ्कटमाः यूनिसेफ

असार - ४, संयुक्त राष्ट्रसङ्घको बालबालिकाको शैक्षिक तथा स्वास्थ्य मामिला हेर्ने संस्था युनिसेफले मध्यअफ्रिकी मुलुक चाडमा करिब २० लाख बालबालिका आधारभूत मानवीय सहयोगबाट वञ्चित रहेको बताइएको छ ।
चाडका लागि युनिसेपफका प्रतिनिधि गियानलुका फ्लामिग्नी बिहीबार एक कार्यक्रमबीच, बालबालिकालाई आधारभूत खाद्यान्न, पोषणलगायतका गम्भीर मानवीय सङ्कट रहेको खुलासा गरेका छन्।
अफ्रिकी बालबालिकाको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सम्पूर्ण नयाँ पिढीमा खाद्यान्न, पोषण तथा बसोबासको समस्या आउनुमा मुलुकमा व्याप्त द्वन्द्व जिम्मेवार भएको बताए । समस्यालाई बेलैमा सम्बोधन गर्न सम्बद्ध सबैले सचेत नबनेमा स्थिति भयावह हुने उनकाे भनाइ थियाे । युनिसेफले समस्या समाधानका लागि यथासम्भव पहल गरिरहेको स्पष्ट पारे ।
अफ्रिकामा द्वन्द्व र खाद्यान्न सङ्कटका कारण प्राय मुलुकको आर्थिक अवस्था कमजोर रहेको बताइएको छ । शिक्षा र स्वास्थ्यमा विशेष ध्यान नदिइँदा र सामान्य दैनिकीका लागि आधारभूत कुरामा सम्झौता गर्दा बालबालिका तथा युवाको भविष्य अन्धकारतिर धकेलिएको युनिसेफले बताएको छ ।
africa
Child help
