एमालेमा प्रदेश कमिटी बनाउने गृहकार्य पूरा
असार - ४, नेकपा (एमाले)ले नयाँ संविधानबमोजिम पार्टीलाई सात वटा प्रदेशस्तरीय कमिटी बनाउने गृहकार्य पूरा गरेको छ ।
आज बस्ने पार्टीको स्थायी कमिटीको बैठकमा प्रदेश कमिटीको खाकाबारे छलफल हुने पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिए। गत जेठ २४ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समितिको बैठकले प्रदेश सङ्गठन कमिटीको गृहकार्य गरी पेस गर्न केन्द्रीय सङ्गठन विभाग र सचिवालयलाई जिम्मा दिएको थियो ।
प्रदेश कमिटीमा संयोजक, पदाधिकारी वा स्थायी कमिटी सदस्य कोबाट गर्ने, सदस्यमा केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, पूर्व जिल्ला अध्यक्ष वा क–कसलाई राख्ने भन्नेबारेमा विभागले खाका तयार गरेको बुझिएको छ ।
यसअघि एमालेको केन्द्रीय कमिटीको बैठकले प्रदेश कमिटीमा जाने सैद्धान्तिक निर्णय गरेको थियो । हाल एमालेमा केन्द्रीय कमिटी मातहतमा विभिन्न अञ्चल समन्वय कमिटी छन् । रासस
UML