News

तस्बिर खिच्दा लडेर मृत्यु

तस्बिर खिच्दा लडेर मृत्यु
असार  - ४ । म्याग्दीको दाना–२ स्थित रुप्से झरनामा तस्बिर खिच्ने क्रममा लडेर शनिबार एक युवकको मृत्यु भएको छ । death-selfie3रुप्से झरनालाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्ने क्रममा भिरबाट लडेर तनहुँको जामुने–७ का २४ वर्षीय सन्तोष घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार साथीसँगै मुस्ताङ घुम्न जान हिँडेका घिमिरे तस्बिर खिच्ने क्रममा चिप्लिएर झरनाको तलाउमा खसेका थिए । उनको शव तलाउ बाहिर अड्किएको छ । प्रहरीका अनुसार घिमिरे एसबिआई बैंकको दमौली शाखाका कर्मचारी हुन् । शव रहेको ठाउँसम्म पुग्ने बाटो नभएकाले कठिनाइ भएको छ । नेपाली सेना र प्रहरीको टोलीले शवलाई बाहिर निकाल्ने प्रयास गरेका छन् । रासस

Death Magdi

विशेष