ओली बोलीमै सिमित भन्दै पड्किए लोहनी, उसैगरी खनिए सरोज खनालमाथि


खनिए खनालमाथि अघिल्लो हप्ताको यक्ष प्रश्नमा अभिनेता सरोज खनालले पूर्वअर्थमन्त्री रामशरण महत र प्रकाशचन्द्र लोहनीसंग ग्रिनकार्ड अर्थात अमेरिकाको स्थायी बसोबासको प्रमाणपत्र रहेको दाबी गरेका थिए । सो दाबीलाई लोहनीले पूर्णतया झूट भनेका छन् । उनले आफूसंग नेपालको बाहेक कुनै पनि देशको कार्ड नरहेको स्पष्ट गर्दै मर्दा पनि नेपाली भएर मर्ने अठोट व्यक्त गरे । अभिनेता खनालले आफूसंग कार्ड रहेको पुष्टि गर्नुपर्ने अन्यथा सार्वजनिकरुपमा माफी माग्नुपर्ने उनको भनाइ छ । नेताहरुसंग रहेको भनिएको ग्रिनकार्ड छानबिन हुनुपर्ने उनले प्रष्ट गरे । कर्मचारीलाई निषेध गर्ने तर नेताले लिने भन्ने कुरा असुंहाउदो रहेको उनले जनाए ।
लोहनीसंगको यक्ष प्रश्न तलको लिंकमा हेर्न सक्नुहुन्छ । लोहनीले सार्वजनिकरुपमा ग्रिनकार्ड नरहेको प्रष्ट गरे पनि कांग्रेस नेता रामशरण महत, मिनेन्द्र रिजाल, एनपी साउद, नारायणसिंह खड्का र राप्रपा नेता सुनिलबहादुर थापाले केही बोलेका छैनन् । उनीहरुसंग ग्रिनकार्ड रहेको पूर्व सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपाल आजसंगको भिडिया अन्तवार्तामा प्रष्ट गरेका थिए ।
र याे पनि,
सरोज खनालको ठोकुवाः रामशरण महत र प्रकाशचन्द्र लोहनीसंग ग्रिनकार्ड छ
ग्रिनकार्ड रहेको ठाेकुवा गरेपछि सरोज खनालसंग पूर्वमन्त्री लोहनी आक्रोशितलालबाबुले क्यामरामै भनिदिएः रामशरण, मिनेन्द्र, एनपी र सुनिलसंग ग्रिनकार्ड छ
DV Himalayan Television Lal babu pandit Nepal aaja PR/DV Prakash Chandra Lohani Saroj Khanal