News

प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

oli काठमाडौं, असार ५ । प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संसद्को कार्यसञ्चालन नियमावलीबारे शनिबार छलफल भएको छ । दुई नेताबीच नियमावली व्यवस्थापिका–संसद्बाट आइतबार पारित गर्ने सहमति भएको हो । भेटमा प्रधानमन्त्री ओलीले लामो समयसम्म नियमावली नबनेका कारण महत्वपूर्ण कार्यसम्पादन रोकिएकाले मतदान प्रक्रियाबाटै भए पनि नियमावली बनाउनुपर्ने बताएका थिए । जवाफमा कांग्रेस सभापति देउवाले आइतबारै नियमावली टुंग्याउन सकिने भन्दै मतदानअघिसम्म पनि अधिकतम प्रयास गर्न सकिने बताएका थिए । ‘निरन्तर प्रयास भइरहेको छ, भोलि टुंगिन्छ भन्नेमा हामी आशावादी छौँ,’ भेटमा सहभागी एमाले उपनेता सुवास नेम्वाङले भने, ‘ठ्याक्कै यसरी टुंग्याउने भन्ने त छैन, तर कुराकानी धेरै सकारात्मक छ । निरन्तर प्रयास हुँदै आएकाले आइतबार टुंगिन्छ ।’ यसअघि शीर्ष नेताहरूले सहमति नभए मतदानमार्फत टुंग्याउने सहमति गरेका थिए ।

KP Oli

विशेष