News

पुनर्निर्माणमा संघ–संस्थाले २२ अर्ब खर्च गर्ने

पुनर्निर्माणमा संघ–संस्थाले २२ अर्ब खर्च गर्ने

1024px-Red_Cross_icon.svg

काठमाडौं, असार ५ । भूकम्पमा ध्वस्त संरचना पुनर्निर्माणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाले साढे २२ अर्ब रुपैयाँ खर्च गर्ने भएका छन् । संघसंस्थाले भूकम्पपीडितका १९ हजार ४ सय ५२ निजी अवास तथा विद्यालय र स्वास्थ्यचौकी भवन निर्माण गर्ने प्रस्ताव राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्वीकृत गरेको छ । प्राधिकरणले १७ संघसंस्थाले पेस गरेको पुनर्निर्माण प्रस्ताव स्वीकृत गरेको हो ।

प्रस्ताव स्वीकृत भएका संस्थाले २२ अर्ब ३६ करोड पाँच लाख ९७ हजार दुई ४४ रुपैयाँ खर्च गर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणमा २७ भन्दा बढी संघसंस्थाले प्रस्ताव पेस गरेका थिए । प्राधिकरणका अनुसार पुनर्निर्माणमा सबैभन्दा ठूलो रकम सेभ द चिल्ड्रेनले खर्च गर्दै छ । उसले नौ अर्ब ८७ करोड ६९ लाख ७४ हजार रुपैयाँ खर्चेर विद्यालय तथा स्वास्थ्यचौकीका एक हजार ६ सय भवन निर्माण गर्ने प्राधिकरणले जनाएको छ ।

रेडक्रस सोसाइटीले सात अर्ब ३७ करोड ९४ लाख दुई हजार ९० रुपैयाँ खर्च गर्दै छ । उसले विद्यालय भवन तथा स्वास्थ्यचौकीका ६ हजार भवन निर्माण गर्ने भएको छ । नयाँ पत्रिका

Earthquake Ingo Nepal

विशेष