इजिप्टका पूर्वराष्ट्रपतिलाई जन्मकैद

असार ५ । एजिप्टको अदालतले पूर्वराष्ट्रपति मोहम्मद मोर्सीलाई आजीवन काराबासको सजाय सुनाएको छ । उनका सहयोगी ६ जनालाई भने मृत्युदण्डको फैसला सुनाएको छ । इजिप्टका गोप्य कागजात कतारलाई उपलब्ध गराएको भनी अदालतले मोर्सीमाथि लागेको आरोपमा मोर्सीलाई निर्दोष देखिएको भनी फैसला दिएको भएपनि मोर्सीले गैरकानुनी सङ्ठनमार्फत इजिप्टको राष्ट्रियतामा आँच पु¥याएको अभियोगमा जन्मकैदको सजाय तोकेको हो ।
मोर्सी तथा मुस्लिम ब्रदर हुड आन्दोलनको मुख्य सहयोगी कतारलाई मोर्सीले राष्ट्रिय सुरक्षासम्बन्धी गोप्य कागजात उपलब्ध गराई सत्तामा भएकाबेला देशद्रोही कार्य गरेको भनी लागेको आरोपमा सफाइ पाए पनि सन् २०१२ देखि सन् २०१३ जुलाइसम्म इजिप्टका शक्तिशाली नेता होस्नी मुबारकविरुद्ध विद्रोह गरेको अभियोगमा जन्मकैदको फैसला इजिप्टको कानुनअनुसार इस्लामिक कानुनका आधिकारिक व्याख्याकार मुफ्ती कहाँ पठाइएको छ ।
Hosni Mubarak