News

राष्ट्रिय सहमति नगरी चुनाव गर्नु दुर्भाग्यः प्रचण्ड

राष्ट्रिय सहमति नगरी चुनाव गर्नु दुर्भाग्यः प्रचण्ड

Pushpa-Kamal-Dahal काठमाडौं, असार ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले राष्ट्रिय सहमती बिना चुनाव सम्भव नहुने बताएका छन् । बिराटनगर बिमानस्थलमा शनिबार पत्रकारसँग कुरा गदै अध्यक्ष प्रचण्डले मुलुकको लागि चुनाव अपरिहार्य भएपनि राष्ट्रिय सहमती बिना चुनाव गराउन सम्भव नभएको बताएका हुन् ।

सरकारले निर्वाचन गराउने बारेमा सवै पक्षलाई साथमा लिएर जानु पर्ने वताउदै प्रचण्डले चुनाव गराउने कुरा सामान्य छलफलवाट नहुने जानकारी दिए । चुनावका लागि सत्तापक्ष प्रतिपक्ष र मधेसी मोर्चावीच सहमति आवश्यक पर्ने भन्दै यसकालागि सवैदलको साथ आवश्यक रहेको भनाई थियो ।

Prachanda puspa kamal dahal

विशेष