ग्यांस उद्योगमाथि सरकारको कडा निगरानी

काठमाडौं, असार ५ । असुरक्षित सिलिण्डरको प्रयोग गरेको भन्दै एचपी ग्यासउद्योगमाथि प्रतिबन्ध लगाइएकोमा असन्तुष्ट ग्यास उद्योगीहरुले आन्दोलनमा उत्रने धम्की दिइरहेका बेला आपूर्ति मन्त्रालयले विक्रेता प्रमाणीकरण नगर्ने एलपी ग्यास व्यवसायीहरुलाई कारबाही गर्ने तयारी गरिरहेको बताएको छ ।
निश्चित नियम र मापदण्डभित्र रहेर व्यवसाय संचालन गर्नुपर्ने भएपनि सयौं व्यवसायीले त्यसका निम्ति आवश्यक प्रमाणीकरण नगरिकनै व्यापार गरिरहेको भेटिएको छ । सरकारले २३ सय ग्यास विक्रेता हालसम्म प्रमाणीकरणका लागि आएको बताएको छ ।
Gas HP gAs