शेयर

नेप्से परिसूचक घट्यो

नेप्से परिसूचक घट्यो

share 2 काठमाडाै‌ असार ५ । साताको पहिलो दिन नेप्से परिसूचक १० दशमलव ८३ अङ्कले घटेको छ । १ हजार ६ सय ३२ विन्दुबाट खुलेको बजार आधा घण्टाको व्यापारमा शून्य दशमलव ६६ प्रतिशतले घटेर १ हजार ६ सय २२ दशमलव ११ विन्दुमा पुगेको छ । यस व्यापार अवधिमा सिद्धार्थ इन्स्योरेन्सको रू. १ करोड ५३ लाखमा शेयर कारोबार भइरहको छ । यस बीमा कम्पनीको रू.२ हजार ३ सय ९५ मा किनबेच भएको छ ।

वित्त कम्पनीको समूह बाहेक सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो । वित्त कम्पनीको परिसूचक शून्य दशमलव शून्य ९ प्रतिशतले बढेको छ । त्यस्तै, बैङ्किङ समूहको परिसूचक शून्य दशमलव ८२ प्रतिशत, विकास बैङ्कको शून्य दशमलव ७३ प्रतिशत, बीमाको शून्य दशमलव ६९ प्रतिशत र जलविद्युतको शून्य दशमलव ५५ प्रतिशतले घटेको छ ।

Share

विशेष