जलेश्वरका तीन सरकारी कार्यालय डुबानमा

असार - ५। सदरमुकाम जलेश्वरमा आज अचानक परेको पानीले यहाँका तीनवटा कार्यालय डुबानमा पारेको छ ।
करिब ११ बजेतिर परेको पानीका कारण जलेश्वरमा अवस्थित नेपाल प्रहरी, जिल्ला अदालत र कारागार कार्यालय डुबानमा परेका हुन् । वर्षाको पानीले तीनवटै कार्यालय परिसर जलमग्न भएका छन् भने अगाडिको बाटो र नालासमेत नदेखिने अवस्थामा पुगेको छ ।
जिल्लाको तीन महत्वपूर्ण कार्यालय वर्षाको पानीले जलमग्न भएपछि सुरक्षाकर्मी, जिल्ला अदालतका कर्मचारी र कारागार कार्यालयका कर्मचारीलाई काम गर्न समस्या भएको छ । साथै, तीनवटै कार्यालयमा कामको सिलसिलामा आएका सेवाग्राहीलाई पनि समस्या भएको छ । निकासको उचित व्यवस्था नभएका कारण पानी परेपछि पटक-पटक यी कार्यालय डुबानमा पर्ने गरेका छन् । रासस
duban
