विदेश

चालकरहित विमान आक्रमणमा समूह कमाण्डरसहित आठको मृत्यु

चालकरहित विमान आक्रमणमा समूह कमाण्डरसहित आठको मृत्यु

drone_strike

कुन्दज (अफगानिस्तान), ५ असार । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजकोे दास्त–इ आर्ची जिल्लामा लुकेर बसेका तालिवान आतङ्ककारी समूहलक्षित चालकरहित विमान (ड्रोन) आक्रमणमा एक तालिवान कमाण्डरसहित आठ आतङ्ककारीको मृत्यु भएको समाचार छ । दास्त–इ आर्ची जिल्लाको तुर्की इलाकामा शनिबार राति भएको यस ड्रोन आक्रमणमा तालिवान कमाण्डर कारी अलिसहित आठ आतङ्ककारी मारिएका सो प्रान्तमा सैनिक प्रवक्ता गुलाम हज्रात करिमीले आइतबार जानकारी दिनु भएको छ । कुन्दुज प्रान्तमा सक्रिय रहेका तालिवान आतङ्ककारी समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् । रासस÷सिन्ह्वा

Afghanistan

विशेष