भारतीय विदेशमन्त्रीले भनिन् नेपालसँगको समस्या समाप्त भयो
असार - ५ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारतीय विदेशमन्त्रालयको दुई वर्ष कार्यकालको समिक्षा पत्रकार सम्मेलनमा नेपाल र भारतबिचको समस्या समाप्त भएको बताएकी छन् ।
आइतबार विदेश मन्त्रालयले गरेको पत्रकार सम्मलेलनमा बोल्दै उनले भनिन् - 'नेपालसँग भारतकाे सांस्कृतिक, भौगोलिक, एतिहासीक सम्बन्ध रहेको छ । केही सयम नेपाल र भारतबिच केही समस्या देखिएकाे थियो । अहिले त्यो समाप्त भइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणपछि समस्या समाप्त भएको हो । उनी आफैले पनि यो कुरा स्वीकार गरेका छन् । भारत छिमेकी देशहरुको सहयोगी मुलुक हो । नेपालमा भुकम्प जाँदा पनि सबैभन्दा पहिला भारत नै पुगेको थियो ।' उनले पत्रकारहरुकाे जवाफ दिने क्रममा छिमेकी देशलाई कुनै पनि समस्या पर्दा पहिला भारत नै पुग्ने गरेको जिकिर गरिन् । उनले श्रीलंकाको बाढी होस् वा माल्दिभ्सको पानी संकट, छिमेकी देशमा समस्या पर्दा सबैभन्दा पहिला र छिटो भारत पुगेको दाबी समेत गरिन् ।
susma swaraj