पूर्व युवराज पारस खप्तडमा
असार - ५ । पूर्व युवराज पारस शाह भ्रमणका लागि सुदूरपश्चिमको पर्यटकीयस्थल खप्तड पुगेका छन् । करिब १० दिन खप्तडमा बस्ने गरी गएका पारस डोटीको शैलेश्वरी मन्दिर दर्शन गरी झिँग्राना हुँदै खप्तड पुगेका हुन ।
स्व राजा वीरेन्द्रले खप्तड जाँदा बस्नका लागि झिँग्रानामा बनाएको भिआइपी पाहुनागृहमा बसेकाे बताइएको छ । उनका साथमा शितास्मा राज्यलक्ष्मी शाह, मित्र प्रवनजङ्ग सिंहलगायतका व्यक्ति पनि खप्तड पुगेका छन् । रासस