
असार - ५। रसियाको उत्तरी भूभागमा अवस्थित एक तालमा दुई डुङ्गामा यात्रारत् ११ बालबालिकासहित १२ जनाको तालमा डुबेर मृत्यु भएको रसियाली अधिकारीले बताएका छन् ।
रातिको समयमा गृष्म ऋतुको शिविरमा गएका बालबालिका स्यामोजिरो तालमा डुबेका रसियाली समाचार संस्थाले जनाएको छ । मस्कोबाट एक हजार किलोमिटर उत्तरस्थित करेलिया क्षेत्रमा रहेको उक्त तालमा भएका डुङ्गा दुर्घटनामा यात्रारत ३६ जनालाई घटनापछि सुरक्षित उद्धार गरिएको छ ।
मृतकमध्ये १० जना बालबालिका राजधानी मस्कोबाट गृष्मकालीन बिदा मनाउन त्यहाँ पुगेका थिए । उनीहरु १२–१५ वर्ष उमेर समूहका रहेका बताइएको छ ।
boat accident
rassia