News

राष्ट्रपति र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाई सर्वोच्चमा रिट

राष्ट्रपति र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाई सर्वोच्चमा रिट

sital-niwas

 काठमाडौं, असार ६ । ललितपुर बागडोलका रविभक्त बिष्टले आफ्नो घरमा डेरामा बस्दै आएका पूर्वराष्ट्रपति रामवरण यादवलाई अन्यत्र सारिदिन सरकारका नाममा आदेश जारी गर्न माग गर्दै ललितपुर जिल्ला अदालतमा निवेदन दायर गरेका छन् । बिष्टले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाई दायर गरेको निवेदनमा सरकारबाट हालसम्मको बहाल भराई आफ्नो घर खाली गराइदिन माग गरेका छन् ।

कात्तिक १२ मा सरकारले बागडोलस्थित बिष्टको घर मासिक १ लाख ३० हजार रुपैयाँमा भाडामा लिई पूर्वराष्ट्रपति यादवलाई सरकारी निवासका रुपमा उपलब्ध गराएको थियो । बिष्टले कात्तिकदेखि हालसम्मको घरभाडा, बत्ती, पानी लगायतको रकम सरकारबाट नपाएको उल्लेख गरेका छन् । कान्तिपुर दैनिक

President Office

विशेष