News

चालक अनुमति पत्रमा चरम लापरबाही

चालक अनुमति पत्रमा चरम लापरबाही

Li असार ६ । यातायात व्यवस्था कार्यालय इटहरीमा सेवाग्राहीले चालक अनुमतिपत्र लिन जाँदा ठुलो सास्ती र हैरानी पाउने गरेका छन् । सो कार्यालयबाट सर्वसाधारणले चालक अनुमतिपत्र प्राप्त गर्नु ठूलै युद्ध जिते सरह भएको छ । चालक अनुमतिपत्रका लागि फर्म भरेर बुझाउन दलाललाई रु दुई हजार दिनुपर्छ नत्र फर्म दर्ता सम्भव हुन सक्दैन । चालक अनुमतिपत्र पाउनका लागि रित पुर्याउन मानिसको स्वास्थ्य र दृष्टि जाँच अनिवार्य हुन्छ । तर त्यहाँ चिकित्सक छैनन् उनले सहि गरी छाडेको तयारी सिफारिसका कागज हात हातमा बिक्छ

फागुनपछि चालक अनुमतिपत्र कार्यालय इटहरीले नयाँ चालक अनुमतिपत्र प्राप्तिका लागि आइतबार फर्म खोल्यो र बिहानैदेखि हजारौ मानिस फर्म प्राप्तिका लागि लाइनमा उभिए तर दिनको ३ बज्न नपाउँदै फर्म वितरण बन्द गरियो । झन्डै आधा मानिसले दिनभर लाइनमा बसेर पनि फर्म पाउने अवस्था भएन । यसो हुनु भनेको चोरबाटो लाग्नु भन्ने हुँदो रहेछ ।

Driving Licence

विशेष