News

अख्तियारको छानबिनमा प्रस्तावित राजदूतहरु

अख्तियारको छानबिनमा प्रस्तावित राजदूतहरु

काठमाडौं, ६ असार । गठबन्धन सरकारले भागबण्डाका आधारमा सिफारिस गरेका प्रस्तावित राजदूतहरुमध्ये अधिकांशमाथि आर्थिक अनियमितताको आरोपमा लागेको खुलासा भएको छ ।

aktiyarउनीहरुमाथि छानबिन भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियारको अनुसन्धान पूरा नभई सरकारले उनीहरुको संसदीय सुनुवाई प्रक्रिया अघि बढाउनुलाई रहस्यका रुपमा हेरिएको छ । सरकारले दुई महिनाअघि विभिन्न मुलुकका लागि एकैपटक २१ राजदूतको नाम सिफारिस गरेको थियो । कूटनीतिक नियोग, संवैधानिक तथा राजनीतिक नियुक्ति हुने विभिन्न निकायमा पदाधिकारी तथा सदस्य सिफारिस गर्दा अख्तियारको राय सुझाव लिने परम्परा छ । तर, यसपटक यो लत्याउँदै सरकारले अनियमितता आरोप लागेका पूर्वमन्त्री तथा परराष्ट्र मन्त्रालयका कर्मचारीलाई महत्वपूर्ण मुलुकमा राजदूत सिफारिस गरेको भन्दै अख्तियार रुष्ट छ । कारोबार दैनिक

Aktiyar Rajdot

विशेष