बाढी पहिरोले लियो ३५ जना ज्यान
असार ६ । इन्डोनेसियामा गएको बाढी र पहिरोमा परी ३५ जनाको मृत्यु भएको छ । भारी बर्षा भएपछि ठूलो वर्षापछि आएको बाढीले कैयौँ मानिस बेपत्ता भएका छन । बाढी र पहिरोका कारण दर्जनौँ घर भत्केका छन् । क्षतीको पुर्ण बिवरण नआएकोले मृतक सङ्ख्या अझै बढ्न सक्ने छ । उद्धार टोली बाढी प्रभावित क्षेत्रमा पुगेर उद्धार कार्य जारी राखेको छ । वर्षापछि नदीको सतह बढेपछि बस्तीमा पसेको पानीले हजारौँ घर डुबानमा पारेको, सडकहरु भत्काएको छ । अझै पनि मानिसहरु रुखका हांगामा बसेर ज्यान बचाइरहेको इण्डोनेसियाका अधिकारीहरुले बताएका छन् ।