तमलोपाको अधिवेशन आजबाट नवलपरासीमा सुरु हुने

असार ६ । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) को प्रथम राष्ट्रिय महाधिवेशन नवलपरासीमा सुरु हुँदैछ । बिहान ११ बजे उद्घाटन हुने महाधिवेशनमा भाग लिन बिभिन्न दलका प्रतिनिधी तथा बिदेशी पाहुना आउनेक्रम जारी रहेको तमलोपाका वरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठीले बताए । महाधिवेशनलाई शुभकामना दिन प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत प्रमुख दलका शिर्ष नेताहरु पनि जाने कार्यक्रम छ । बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म जिल्ला सदरमुकाम परासीको आदर्श उच्च मावि प्राङ्गणमा उद्घाटन शत्र चल्ने छ भने बन्द शत्र पनि त्यही हुनेछ ।