
असार ६ । अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बम हमला भएको छ । एउटा मिनी बसलाई लक्षित गरेर हमला भएको अधिकारीहरुले जनाएका छन् । विष्फोटमा परी १४ नेपालीको ज्यान गएको छ भने अन्य ५ नेपाली घाइते भएको अफगानिस्तान सरकारले पुष्टि गरेको छ । घटनाको जिम्मेवारी अफगानिस्तानी आतंकबादी संस्था तालिबानले लिएको छ ।
Kabul