विदेश News

काबुल घटनाको प्रधानमन्त्रीद्वारा भत्सना

काबुल घटनाको प्रधानमन्त्रीद्वारा भत्सना

काठमाडौं असार ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानिस्तानको काबुल आक्रमणमा मृत्यु भएका नेपालीहरुप्रति श्रद्धाञ्जली दिएका छन् । काबुलमा तालिवानले आत्मघाती आक्रमण गर्दा १४ नेपालीको मृत्यु भएको हाे । आक्रमणमा घाइते भएका नौ जनामध्ये ५ जना नेपाली छन् ।

प्रधानमन्त्री ओलीले घटनाबाट आफू स्तव्ध भएको बताएका छन् ।उनले ट्वीटरमार्फत् भनेका छन, ‘अफगानिस्तानमा आज आत्मघाती आक्रमणमा परी १४ नेपालीको मृत्यु भएको घटनाले म स्तब्ध भएको छु । मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’ त्यस्तै अर्को ट्विट गर्दे प्रधानमन्त्री ओलीले घाइतेको सिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

र यो पनि,

यसरी गरे आतंककारीले १४ नेपालीको ज्यान जाने गरी हमला 

अफगानिस्तानमा आत्मघाती हमला १४ काे नेपालीको मृत्यु

Kabul KP Sharma Oli

विशेष