ताजा खबर News

स्विडेनका सांसद केन्ट र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

स्विडेनका सांसद केन्ट र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
असार – ६ । नेपालको भ्रमणमा रहेका स्विडेनका सांसद केन्ट ओस्टेडले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । KP OLi प्रधानमन्त्री निवास बालुवाटारमा विहान भएको भेटमा द्वीपक्षीय हितका साथै नेपालको विकासमा स्विडेनले गरिरहेको सहयोगलगायतका विषयमा छलफल भएको बताइएको छ । उक्त अवसरमा गरिबी निवारण र भूकम्पपछिको पूनर्निमाणमा स्विडेनले नेपाललाई गर्न सक्ने सहयोगको बारेमा प्रधानमन्त्री ओलीले छलफल गरेको प्रेस विज्ञप्तीमा बताइएको छ । उक्त अवसरमा सांसद केन्टले भूकम्पको एकबर्ष पुगेको स्मरण गर्दै स्विडेनका विदेशमन्त्री इसाबे लालोबिनले लेखेको धन्यवादपत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको बताइएको छ ।

KP sharma Sweden

विशेष