अर्थ कर्पोरेट News

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको कथाः बीमा सदस्यलाई पीडैपीडा

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको कथाः बीमा सदस्यलाई पीडैपीडा
prudential असार ६, जीवलाल दर्जीको बुटवलमा श्रेष्ट टेलरिङ छ । पसल खोल्न नपाउंदै बीमा कम्पनीहरु उनकोमा धाउन थाले । प्रुडेन्सियल इन्सोरेन्स कम्पनीले दौड जित्यो । कम्पनीको निरन्तरको दौडधुप र थुप्रै आश्वासनपछि २०६७ साल कात्तिकमा दर्जीले पसलको बीमा गराए । शुरुमा २० लाखको अग्नि बीमा गराएका दर्जीले २०७१ साल मंसिरमा आइपुग्दा बीमाको रकम ९० लाख पुर्याए । कम्पनीका प्रतिनिधि उनको प्रगति देखेर खुब खुशी देखिन्थे । बीमा गराएर बुद्धि पुर्याएको  र केही भइहाले कम्पनी साथमा रहेको भनेर धाप मार्थे । दर्जीले नियमितरुपमा बीमालेख बापतको प्रिमियम रकम भुक्तानी र बीमालेख नवीकरण गरिरहेका थए । 'हुनु हार दैब नटार' भनेजस्तो २०७१ साल चैत्र १२ गते राती उनको पसलमा आगलागी भयो । विद्युत प्राधिकरण र प्रहरीको अनुसन्धानमा विद्युत सट भर्इ आगलागी भएको पुष्टि भयो । करोड लगानी भएको पसल खरानी भएको घटना समाचार माध्यममा छ्याप्छ्याप्ती भयो । दर्जीले पसलबाट ठूलो सपना सांधेका थिए । तर, पसलसंगै उनको सपना खरानी भयो । उठ्नै नसक्नेगरी उनी थचारिएका थिए । एक्कासी उनलाई बीमाको याद आयो । ईलाका प्रहरी कार्यलय बुटवलको सर्जमीन मुचुल्काले आगलागीबाट सम्पूर्ण धनमाल नष्ट भएको प्रमाणित गरेको थियो । उनले एक करोड आठ लाख नौ हजार एक सय असी रुपैयाँको क्षती विवरण बीमा कम्पनीलाई बुझाए । बीमा कम्पनीले उनलाई बीमा रकम भुक्तानी गर्न इन्कार गरिरह्यो । एकपछि अर्को कागजात मागिरह्यो । एउटा बुझायो अर्को माग्छ । कम्पनीको बहानाबाजीमा १५ महिना बितिसकेको छ । अहिले दर्जीले काठमाडौंको बीमा समितिमा मुद्दा दर्ता गरेका छन् । बीमा कम्पनीले दिएको तनावको सीमा नरहेको दर्जी बताउछन् । कानुनमा के छ बीमा नियमावली २०४९ को नियम ३२ मा बीमितले बीमालेखअनुसार बीमा दाबी पेश गरे पश्चात बिमकले तत्काल सर्भेएर खटाउनु पर्ने ब्यवस्था गरेको छ । उक्त नियममा नै सर्भेएरले बिमक समक्ष आफ्नो प्रतिवेदन १५ दिनभित्र पेश गनुपर्ने उल्लेख छ । प्रतिवेदन प्राप्त भएको ३५ दिनभित्र बिमक कम्पनीले सर्भेएरबाट निर्धारित दायित्वको रकम बीमितलाई भुक्तानी गर्नुपर्ने बाध्यात्मक ब्यावस्था छ । तर बीमा कम्पनीबाट यती लामो समय बितिसक्दा पनि कानुनको पालना भएको छैन । किन दिइएन बीमा भुक्तानी जीवलाल लाई बीमा कम्पनीबाट विभिन्न कागजात माग गरिएको थियो । उपलब्ध भएसम्मका कागजातहरु आफूले बुझाएको उनको भनाइ छ । पसलमा राखिएका कागजात पसलसंगै जलेकाले कतिपय कागज बुझाउन नसकिएको उनी स्वीकार गर्दछन् । बीमालेख र प्रहरीको सर्जिवनमा कम्पनीले मागेको कागजात मिलाउन सकिने उनी बताउंछन् । उनले २०७३ बैशाखमा फेरि पत्राचार गरी बीमा दाबी भुक्तानी गरिदिन अनुरोध गरे । तर कम्पनीले आवश्यक कागजात पुर्याउन नसकेकाले बीमा दाबी फाईल बन्द गरिएको जानकारी दियो । उनले बीमा दाबी झुट भएको भनि कम्पनीले गरेको निणर्यको कागजात कम्पनीसंग मागे । तर कम्पनीले निर्णय पनि उनलाई दिन इन्कार गरिदियो । के भन्छन जीवलाल 'बीमा कम्पनीले कागजात नपुगेर फाईल बन्द गरेको भन्छ तर मैले आवश्यक कागजात उपलब्ध गराएको छु । सर्भेएर भनिएका प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका गोबिन्द लामिछाने र श्री इन्टरनेशनल क्लेम ब्युरोले गरेको सर्भेको आधारमा बीमा वापतको रकम मलाई दिन सकिन्छ । यात उनीहरुले सो बखत सर्भे नै गरेन, यात उनीहरुको रिपोर्ट अहिले कम्पनीले लुकाइरहेको छ । सर्भे नगरेको भए मेरो दोष हुने कुरा भएन । सर्भे गरेको भए सबै त्यहींबाट प्रष्ट हुन्छ । लिने बेलामा सहज रुपमा लिने र दिने बेलामा 'पिना पेले'झैं गर्ने कम्पनीको शैली रहेछ । उनीहरुले सर्भे गरेको भए बीमा दाबी झुट भयो भन्ने निणर्यको कागजात दिई हाल्थे नी । बिमालेख जारी गर्दा खरिद खाता, विक्रि खाता, हेरेर कम्पनीले बीमा गराएको होइन । बीमा गर्दा बीमालेखमा के कस्तो कागजात आवश्यक हुन्छ, त्यो उल्लेख छैन । न त बीमालेखमा सो कुराको कुनै सर्त छ । शुरुमा बीमा गराइहाल्ने परिहाउंदा पन्छ्याउने नियत प्रष्टै देखियो । बीमा कम्पनीलाई आगोलागी भएर सम्पूर्ण कागजात नष्ट भएको यथार्थ थाहा छ । के भन्छ प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका क्लेम हेड दिपेश श्रेष्ठ दर्जीको दाबीका बारेमा केही बोल्न चाहदैनन् । मुद्दा बीमा समितिमा दर्ता भइसकेको सन्दर्भमा छिनोफानो समितिबाटै हुंने उनको भनाइ छ । कम्पनीको अर्को कर्तुत प्रुडेन्सियल कम्पनीले प्यानमा मात्र दर्ता भएका साना कारोवारीसंग राज्यले तोकेको सीमाभन्दा बढीको बीमा गराएको पाइएको छ । प्यानमा दर्ता भएको श्रेष्ट टेलरिङसंग कम्पनीले ९० लाखको बीमा गराएको थियो । बीमा गराउंदा भ्याटमा दर्ता नभए पनि गर्न सकिने जिकिर गर्दै कम्पनीले रकम लिएको थियो । अहिले कम्पनीले दर्जीसंग भ्याट बिलसमेत मागिरहेको छ । गाडी ड्राइभरले यात्रु जहां भेट्यो त्यहींबाट चढाउने तर यात्रु ओर्लन पर्दा स्टेशनमा नै पुर्याउने गर्दछन्, ठ्याक्कै त्यस्तै व्यवहार कम्पनीले देखाएको चर्चा बुटवलमा हुने गरेको छ । बीमा कम्पनीसंग सम्बन्धित विभिन्न कागजातहरु यस्तो छ । Prudential--2   Prudential-8   Prudential-5   Prudential-6 प्रस्तुति:सागर बुढाथोकी    र यो पनि,मन्त्रीले नै आफ्नो तोक, लिखत र हस्ताक्षर भुलेपछि……….गेट कलेजकोे यस्तोसम्म झुट, बिद्यार्थीहरुसंग ब्रम्हलुटगेटआउट गरिएकी मीनासिंहको बचाउमा लाग्यो गेट, कलेजद्वारा रचिएका नक्कली कथाको भीआइपीद्वारा खण्डन (भिडियो सहित)मीनाले निम्त्याएको महाभारत ! कान्तिपुर र नागरिक कुन ठीक ?

bima fraud of insurance prudential insurance company shrestha tailoring

विशेष