News

३३ दलीय मोर्चालाई वार्तामा आउन प्रधानमन्त्रीको पत्र, चुरेभावरलार्इ स्वागत

३३ दलीय मोर्चालाई वार्तामा आउन प्रधानमन्त्रीको पत्र, चुरेभावरलार्इ स्वागत
असार – ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत मोर्चालाई पत्र लेखी वार्तामा आउन आग्रह गरेका छन् । kp sharma oli-rss प्रधानमन्त्रीले ३३ दलीय राष्ट्रिय मोर्चा नेपालका संयोजकलाई मोर्चाका मागका सम्बन्धमा वार्तामा आउन साेमबार एक पत्र पठाएका छन् । उक्त पत्रमा मोर्चालाई असार ९ गते दिउँसो १२.३० बजे प्रधानमन्त्री कार्यालयमा वार्तामा आउन आग्रह गरिएको छ । त्यस्तै प्रधानमन्त्रीले चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाललाई वार्तामा आउन जेठ ३१ गते पठाएको पत्रको स्वागत गर्दै सो पार्टीले आज प्रधानमन्त्रीलाई लिखित जवाफ पठाएको छ । पत्रमा सरकारले वार्ता र सम्बादमार्फत नै समस्याको समाधान गर्न देखाएको अग्रसरतालाई पार्टीले सकारात्मक रुपमा लिएको र वार्ताका लागि अध्यक्ष बद्रीप्रसाद न्यौपानेको संयोजकत्वमा सात सदस्यीय वार्ता समिति गठन गरेको उल्लेख गरिएको छ ।

KP Sharma Oli Madheshi Morcha

विशेष