News

क्याम्पस प्रमुखको राजीनामा माग्दै अनिश्चितकालिन तालाबन्दी

क्याम्पस प्रमुखको राजीनामा माग्दै अनिश्चितकालिन तालाबन्दी
असार - ६, सिन्धुली बहुमुखि क्याम्पसमा कार्यरत प्राध्यापकहरुले क्याम्पस प्रमुखको राजीनामा माग्दै सोमबारदेखि अनिश्चितकालिन तालाबन्दी गरेका छन् । tala_banda माग क्याम्पस प्रशासनले पूरा नगरेकाले क्याम्पस प्रमुखको राजीनामा माग्दै आइतबार बिहान २४ घण्टाको अल्टिमेटम दिएको थियाे । राजीनामा नआएकोले सोमबार बिहान ७ बजेदेखि तालाबन्दी गरेको सिन्धुली बहुमुखि क्याम्पस प्राध्यापक संघ इकाइ समितिले जनाएको छ । संघका अध्यक्ष टिकाबहादुर थापाले प्राध्यापकहरुले आफ्ना माग क्याम्पस प्रशासन समक्ष राख्दै आएको लामो समय बित्दा पनि समस्या समाधान गर्न क्याम्पस प्रमुख उदासिन देखिएकाले कार्यकक्षमा तालाबन्दी गरेको बताए ।  क्याम्पस प्रमुखको कार्य कक्षमा प्राध्यापकहरुले गरेको तालाबन्दीलाई विद्यार्थी संगठनहरु र स्थानीय अभिभावकहरुले भने नौटंकी नाटकको संज्ञा दिएका छन् । अनेरास्ववियु क्रान्तिकारी सिन्धुली बहुमुखि क्याम्पस इकाइ समितिका अध्यक्ष पोषक पौडेलले प्राध्यापकहरुको कार्यले क्याम्पस नै सिध्याउने खेल भएको आरोप लगाए ।  क्याम्पसको आर्थिक समस्याका कारण विद्यार्थीहरुले पाउनुपर्ने विगत तीन वर्ष देखिको छात्रवृतिसमेत नपाई रहेको अवस्थामा क्याम्पसका हितका निम्ति हालसम्म कुनै पनि बिरोधका काम नगरेको विद्यार्थी संगठनहरुको भनाई छ । क्याम्पस प्रमुख मिनप्रसाद घिमिरेले समस्या समाधानका लागि छलफल गर्न आफू तयार रहेको र राजीनामा दिँदैमा समस्याको समाधान नहुने बताए ।

sindhuli

विशेष