ताजा खबर News

राजा ल्याउन मन्त्री पद छाड्न तयार भूमिसुधार मन्त्री शुब्बा

राजा ल्याउन मन्त्री पद छाड्न तयार भूमिसुधार मन्त्री शुब्बा
काठमाडौ,६ असार । भूमिसुधार तथा ब्यवस्था मन्त्री रामकुमार शुब्बाले मुलुकको राष्ट्रिय एकताको लागि राजसस्था अपरिहार्य रहेको बताए । राजा पुर्नस्थापित गर्न आफू मन्त्री पद त्याग्न समेत तयार रहेको स्पष्ट पारे । ram kumar subba1 रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘मन्त्री पद भन्दा मेरो लागि राजसस्थाको विचार ठूलो हो । प्रधानमन्त्री लगायतका निकायबाट मेरो विचार कुण्ठित गर्ने काम भए हाँसी–हाँसी मन्त्रीपद त्याग्न तयार छु ।’ मन्त्री शुब्बाले गणतान्त्रिक संविधानको सपथ खाएर मन्त्री भएकोले यस्तो विचार राख्दा प्रश्न उठ्नु स्वभाविक भएपनि संविधान निर्माणमै आफूहरुले यो विषयमा फरक मत राखेको र संविधानले नै विचारको स्वतन्त्रता दिएकोले आफू यस्तो अभिब्यक्ति दिन स्वतन्त्र रहेको दावी गर्दै राष्ट्रिय एकताको लागि सर्वस्वीकार्य नेतृत्वको रुपमा राजसस्था अपरिहार्य रहेको तर्क गरे । उनले भने,‘राजा, देश र अनेकतामा एकता नेपालको विशेषता हो । यसमा हामी अलमलमा छैनौ । नेपालमा संबैधानिक राजसस्था, सापेक्ष हिन्दु राष्ट्र र संघीयताको ठाँउमा शक्तिशाली स्वायत्त शासन हुनु पर्छ ।’ मन्त्री शुब्बाले मुलुकमा नेतृत्वकै कारणले समस्या आएकोले सबैलाई स्वीकारयूक्त नेतृत्वको लागि राजा ल्याउनै पर्ने तर्क गर्दै मुलुकलाई निकास दिन राजा ल्याउनै पर्ने अपरिहार्यता भईसकेको दावी गरे । त्यसको लागि राप्रपा नेपाल जस्तो सुकै परिस्थितिको सामना गर्न पनि तयार रहेको स्पष्ट पारे ।

ram kumar Subba reports club

विशेष