पाँच लाख ६५ हजार भारतीय रुपैयाँ सहित एक पक्राउ

असार - ६ । बाँके जिल्लाको नेपालगंज २१ जैसपुरस्थित भन्सार कार्यालयको मेनगेट इलाकाबाट करीव पाँच लाख ६५ हजार भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाँके जिल्लाकै बनकटुवा ९ बस्ने ४९ वर्षिय मोटे बुढा रहेका छन्। उनलाई सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म जमुनाहबाट खटिएको एपीएफ टोलीले उल्लेखित भारतीय रुपैयाँ सहित पक्राउ गरेको हो । एपीएफ टोलीले त्यस ठाउँमा जाँच गर्ने क्रममा भे ६ प ८३१ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका बुढाको साथबाट उक्त भारतीय रुपैयाँ फेला परेपछि उनलाई पक्राउ गरिएकाे एपीएफले जनाएकाे छ ।
pakrawo
