काबुलको आत्मघाती हमलामा मारिएका १४ नेपाली मध्ये १२ जनाको सनाखत
असार ६ । अफगानस्तानमा मारिएका १४ नेपाली मध्ये १२ जनाको पहिचान भएको छ । परराष्ट्रमन्त्रालयले १२ नेपालीको नाम र ठेगना सार्वजनिक गरेको हो । आतंकावदी समुह तालिवानको आत्मघाती आक्रमणमा मारिएका २ नेपालीको सनाखतको प्रयास भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सोमबार विहानै एक आत्मघातीले नेपाली सुरक्षागार्ड चढेको मिनिवसलाई निशाना बनाइ बम विष्फोट गरेको थियो । सो हमलामा ७ नेपाली घाइते भए ।
को को परे ? घटनामा मृत्यु हुनेको विवरण
- अकुल तामाङ, सुनसरी
- चन्द्रबहादुर रानामगर, काठमाडौं
- हरिबहादुर बडवाल क्षेत्री, काठमाडौं
- विदुरबहादुर सुवेदी क्षेत्री, काठमाडौं
- अमृतबहादुर थापा, लमजुङ
- सुपबहादुर गुरुङ, स्याङ्जा
- डम्बरबहादुर तामाङ, नुवाकोट
- मधुसुदन कोइराला, नुवाकोट
- लिलबहादुर गुरुङ, नुवाकोट
- नवीनसिंह क्षेत्री, पर्वत
- कृष्णबहादुर ढुंगाना, चितवन
- जितेन्द्रसिंह थापा, बुटवल
घटना लगतै प्रधानमन्त्री केपी शर्मा ओली उक्त घटनाले आफू आफू स्तव्ध भएको बताएका थिए । उनले ट्वीटरमार्फत् ‘अफगानिस्तानमा आज आत्मघाती आक्रमणमा परी १४ नेपालीको मृत्यु भएको घटनाले म स्तब्ध भएको छु । मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’ त्यस्तै अर्को ट्विट गर्दे प्रधानमन्त्री ओलीले घाइतेको सिघ्र स्वास्थ्यलाभको कामना समेत गरे । घटनाको परराष्ट्रमन्त्री कमल थापाले भत्सना गरे । त्यस्तै भारपतय प्रधानमन्त्री नरेन्द्रमोदीले पनि घटनाको भत्सना गर्दे नेपाललाई कुनैपनि अवस्थामा सहयोग गर्ने प्रतिवद्धता जनाए । जलालावादस्थित क्याम्पमा जानका लागि निस्केको बेला उनीहरु चढेको बसमा आक्रमण भएको थियो । उनीहरु चढेका दुई बस मध्ये आक्रमणकारीले पहिलो बस निस्केपछि दोस्रो बसमा आक्रमण गरेका थिए । बस एकै समयमा दिनहुं क्याम्पका लागि छुट्ने गर्थ्याे । आक्रमणकारी बस निस्कने बाटोमा ढुकेर बसेको प्रहरीले जनाएको छ । तालिवानको प्रवक्ता जबिल्लाह मुजाहिदले ट्वीटरमार्फत आक्रमणको जिम्मा लिएका छन् ।
र यो पनि,
- काबुल घटनाको प्रधानमन्त्रीद्वारा भत्सना
- यसरी गरे आतंककारीले १४ नेपालीको ज्यान जाने गरी हमला
- अफगानिस्तानमा आत्मघाती हमला १४ काे नेपालीको मृत्यु