ताजा खबर News

विनियोजन विधेयकमाथिको छलफल सुरु

विनियोजन विधेयकमाथिको छलफल सुरु
असार - ६ । ब्यवस्थापिका संसदमा साेमबारबाट विनियोजन विधेयकमाथिको छलफल सुरु भएको छ । Congress in sansad सरकारले गत जेठ १५ गते सदनमा प्रस्तुत गरेको आगामी आर्थिक बर्षको बजेटमाथि जेठ ३१ गते नै सैद्धान्तिक छलफल सकिएको थियो । संसद सञ्चालन नियमावलीमा सहमति जुटाएर मात्र विनियोजन विधेयकमाथि छलफल गर्ने दलीय सहमतिअनुसार, छलफल एकसातापछिका लागि सारिएको थियो । संसद बैठकमा आज बिभिन्न ८ वटा मन्त्रालय अन्तरर्गत छुट्याएको रकमबारे सांसदहरुले धारणा राखिरहेका छन । बाणिज्य, बिज्ञान तथा प्रविधि, जनसंख्या तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सिंचाई, आपूर्ति, सामान्य प्रसासन र पशु बिकास मन्त्रालयगत विनियोजित रकममाथि भोलीसम्म छलफल हुने संसद सचिवालयले जनाएको छ । विनियोजन विधेयकमाथि आगामी १७ गतेसम्म छलफल हुनेछ । १९ गतेदेखि २२ गतेसम्म सम्बन्धित मन्त्रीले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने र २२ गते नै बजेट पारित गर्ने तयारी संसद सचिवालयले गरेको छ ।

Sansad

विशेष