शरणार्थीको संख्या हालसम्मकै उच्च

असार - ६ । बिश्वमा शरणार्थीको संख्या हालसम्मकै उच्च रहेको संयुक्त राष्ट्रसंघले बताएको छ ।
संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धि निकाय युएनएचसीआरको रिपोर्टले बिश्वमा शरणार्थीको संङख्या हालसम्मकै उच्च रहेको देखाएको छ । बिश्वमा अहिले ६ करोड ५३ लाख मानिसहरु शरणार्थी रहेको युएनएचसीआर प्रतिबेदनमा उल्लेख छ । जसमध्ये आधा भन्दा बढी सिरिया, अफगानिस्तान र अफ्रिकन मुलुक सोमालियाबबाट आएका शरणार्थी रहेको बिबिसीले उल्लेख गरेको छ ।
बिश्वमा दैनिक १ सय १३ जना मानिस शरणार्थी बन्ने गरेका राष्ट्रसघंको रिपोर्टले देखाएको छ । मध्यपुर्व र उत्तर अफ्रिकी मुलुकहरु बाट यरोप पुगेका आप्रवासीको संङख्या बढ्दै गएपछि ब्यवस्थापनमा चुनौती बन्दै गएको छ । गत बर्ष मात्र शरणार्थी आप्रवासी तथा आन्तरिक बिस्थापित हुनेहरुको संङख्या ५ करोड रहेको थियो ।
sarnathi
UN
