माओवादी कमजोर हुनुको दोष नेतृत्वलाई दिइए ठूलो अन्याय : दाहाल
असार - ६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी कमजोर हुनुको दोष नेतृत्वलाई मात्रै दिइए आफूमाथि ठूलो अन्याय हुने बताउनुभएको छ ।
पार्टीका नेता लेखनाथ न्यौपानेले लेखेको ‘कोमामा कोरस रोल्पादेखि सिंहदरबारसम्म’ नामक पुस्तकको काठमाडौंमा सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डले यस्तो धारणा राखेका हुन । माओवादीलाई आफूले ठूलो दलदलमा फस्नबाट जोगाएको भन्दै उहाँले आफ्नो योगदानलाई पूरै बेवास्ता गर्न नमिल्ने बताए ।
परिवर्तनका लागि आफूले सामाजिक अभियन्ताका रुपमा ठूलो योगदान गरेको र ढिलो चाँडो त्यसको सही मूल्यांकन हुनेमा आफू आशावादी रहेको उनकाे भनाइ छ । परिवर्तनलाई निस्तेज पार्ने भयानक षडयन्त्र भइरहेको भन्दै अध्यक्ष प्रचण्डले षडयन्त्रकारीहरु सफल भए समाजमा जनयुद्ध, विद्रोह र क्रान्तिको भावना बढेर जाने बताए।