युद्धमा छोरा गुमाउने एकमात्र माओवादी हाइकमाण्ड
२०५९ साल असार ७ गते धादिङको सत्यवति गाविसको एक घरमा रबि बोगटी आफ्ना साथीसहित छाल पत्रिका प्रकाशनको काममा व्यस्त थिए । चारैतिरबाट सुरक्षाकर्मीले घेरा हालिसकेका थिए । कलममा मस्त रबिमाथि पछाडिबाट फायरिङ भयो । आफ्नै शरीरको रगतले रबिले माटोमा लेखे–माओवादी जि । माओवादी जिन्दावाद लेखेर नसक्दै उनको मृत्यु भइसकेको थियो ।
नेताहरुले छोराछोरी सुरक्षित राखेको, लुकाएर पढाएको, विदेश पठाएको चर्चा व्याप्त थियो । रबि साधरण थिए । अरु कार्यकर्ताझै खटिन्थे । सायदै कसैले सोचेको थियो मारिने उनी माओवादीका शीर्ष नेताका छोरा हुन् । पश्चिम नेपालको कमाण्ड सम्हालेका माओवादी नेता पोष्टबहादुर बोगटी दिवाकरका एकमात्र छोरा रबि मारिएको ठीक १४ बर्ष पुगेको छ । रबिले मर्दामर्दै लेखेको माओवादी जिन्दाबाद थपिन सक्यो या सकेन समीक्षाको विषय छ । तर, छोरासमेत गुमाउने गरी युद्धमा होमिएको बोगटी परिवार आर्दशको मानक बनेको छ । पोष्टबहादुर बोगटीले अरु नेताले झैं छोरालाई सुरक्षित ठाऊंमा खटाउन सक्थे । लुकाउन सक्थे । आफैंसंग लिएर हिड्न सक्थे । तर, उनले यि सबै उपाय रचेनन् । अरुका छोराछोरीको कमाण्ड गर्नेले आफ्नो छोरापनि कसैको कमाण्डमा छोड्न सक्नुपर्छ भन्ने क्रान्तिकारी सोचले उनी निर्देशित थिए । रबि आफैंपनि आफ्नो बाटो आफैं बनाउन चाहन्थे । बाबुको बुई चढेर राजनीतिमा उक्लिन उनी तयार भएनन् । [embed]https://youtu.be/PiMiBZdMSiw[/embed] राजनीतिमा बोगटी परिवार २००९ सालमा जन्मिएका पोष्टबहादुर बोगटी सानैदेखि शालिन तर दृढनिश्चयी थिए । त्रिशुलीको माछापोखरीमा सामान्य जागिरे थिए । पारिवारिक पृष्ठभूमी सामान्य थियो । हक्की स्वभावका कारण उनको परिचय पृथक बन्दै गयो । उनी तुप्चेबाट हिंडेरै कार्यालय जान्थे । बीच बाटोमा आंगाबुटार । आंगाबुटारकी राममाया अलिकति हुनेखाने परिवारकी कलकलाउंदी युवती थिइन् । बोगटी दिनहुं चियो गर्थे । बिवाहको प्रस्ताव आयो । शुरुमा राममायाको परिवार सहमत भएन । तर, शालिन तर दृढ स्वभावबाट प्रभावित राममायाले दायांबायां सोच्दै सोचिनन्, बोगटीसंग बिहेका लागि रांजि भइन् । बिहेको चर्चा चल्दै गर्दा दुबैको मायाप्रिति बसिसकेको थियो । २०३६ साल मंसिरमा उनीहरुको विहे भयो ।२०३८ सालमा रबि जन्मिए । त्यसपछि दुई छोरी प्रतिभा र प्रभा जन्मिए । राममायाले पोष्टबहादुर राजनीतिमा सक्रिय रहेको भेउ पाउंदै गइन् । आर्दश जीबनका धनी बोगटीको प्रभाव उनीमाथि झन्झन् बढ्दै गयो । उनी विस्तारै राजनीतिक सहयोगी बन्न पुगिन् । माओवादीले युद्ध थाल्ने भयो । २०५२ सालदेखि बोगटी पूर्णतया भुमिगत भए । राममायाको कांधमा परिवारको पूरै जिम्मेवारी आयो । छोरी ससानै थिए । रबि भर्खर किशोरवयमा चढ्दै थिए । त्यसमाथि सुरक्षाकर्मीको धरपकड नियमितजस्तो भइरहन्थ्यो । राममाया आफैंपनि भुमिगत हुनुपर्ने स्थिति आइलाग्यो । छोरी र छोरालाई छाडेर उनीपनि भुमिगत भइन ।
[embed]https://youtu.be/fQmtclrKeJw[/embed] कैयौंका लागि प्रेरणा बनेका पोष्टबहादुरको प्रभाव छोरामा नपर्ने कुरै भएन । उनीपनि विद्यार्थी राजनीतिमा सक्रिय भए । प्रहरीले उनलाई पटकपटक गिरफ्तार गर्यो । उनलाई आत्मसमर्पण गर्न भनियो । साधरण जीबन जिउंनका लागि सुझाव दिइयो । प्रलोभन देखाइयो । राज्यलाई थाहा थियो रबिलाई फकाउन सक्दा रबिमार्फत आमयुवालाई देखाउन सकिन्थ्योः नेताको छोरा त युद्धबाट बिमुख छ तिमीहरु किन पछि लागिरहेका छौं ? रबि डग्मगाएनन् । पढ्नमा तेज थिए उनी । एसएलसीमा प्रथम श्रेणी ल्याएका थिए । प्लस टुको पढाइ लुकिछिपी गरेका थिए । नतिजा राम्रै आएको थियो । पढाइबाटै केही गर्न सक्ने पृष्ठभूमी थियो । तर, उनी बुबाको आर्दशमा विश्वास गरे । भुमीगत जीबन शुरु गरे । उनी कहां छन् ? के जिम्मेवारी दिइएको छ ? पोष्टबहादुरलाई खाशै मतलब हुदैनथ्यो । बाबुछोरा भिन्दाभिन्दै मोर्चामा थिए । रबि मारिए । [embed]https://youtu.be/gF_oxgryjOg[/embed] निधनको खबर रबिको निधन हुंदा पोष्टबहादुर पाल्पा आसपासको क्षेत्रमा थिए । राममाया लखनउमा थिइन् । एककान दुईकान मैदान हुंदै रबि मारिएको खबर पार्टीपंक्तिमा फैलियो । लखनउसम्मपनि पुग्यो । तर, राममायालाई भनिएन । रबिको निधन भएको खबर प्रकाशित भएका पत्रपत्रिका लखनउ पुगिहालेपनि लुकाइन्थ्यो । छोरा मरेको खबर रामामायालाई सुनाउने साहश कसैसंग रहेन । पार्टीका साथीहरुले निष्कर्ष निकाले दिवाकर कमरेड आफैंले सो खबर सुनाउंनुहुनेछ । २ महिनापछि लखनउ आइपुगे पोष्टबहादुर । उनले वियोगको पोको खोल्दा राममायाको मुटुले ठाउं छाड्यो । तर, युद्धको आवेगसंग अभ्यस्त उनले मन सम्हालिन् । युद्धमा मारिएका रबिजस्तै सयौं छोराछोरीलाई सम्झिइन् । [embed]https://youtu.be/2_V8FhSQNdk[/embed] अहिले नेताका साथमा उनीहरुका छोराछोरी घुमफिर गरेको देख्दा राममायालाईपनि रबिको यादले सताउंछ । एकमनले सोच्छ, त्यतिबेला थोरैमात्र ख्याल गरेको भए छोरालाई बचाउंन सकिन्थ्यो । अर्को मनले भन्छ, तर त्यसो गर्नु क्रान्ति र आर्दशमाथिको गद्दारी हुन्थ्यो । उनको मन कहिले छोरा गुमाएकोप्रति भारी भएर आउंछ । कहिले गर्वले छाति ढक्क फुल्दछ । [embed]https://youtu.be/6IhLoVOgUd4[/embed] प्रभावशाली पोष्टबहादुरपोष्टबहादुर जतिको सादा र स्वच्छ छबीको नेता माओवादीमा सायदै अर्को कोही थियो वा रहेको छ । उनले एकमात्र छोरासमेत गुमाए । क्रान्तिमा सबै गुमाउन तयार रहेको उदाहरणका रुपमा उनी स्थापित भए । छलकपटभन्दा टाढा रहे । प्रचण्डको सामुन्नेमा प्रचण्डको आलोचनापनि गर्न सक्ने तर प्रचण्डका विरुद्धमा हुने पर्दापछाडिका खेललाई सधैं परास्त गर्न सक्रिय रहने उनको स्वभाव थियो । प्रचण्डका अति विश्वासिला सहयोद्ध थिए पोष्टबहादुर । पोष्टबहादुर चमकदार भाषण गर्न जान्दैनथे । नत शब्दजाल बुनेर अभिव्यक्ति दिन्थे । तरपनि उनका शब्दशब्द पार्टीमा सुनिन्थे । किनकी उनी जे बोल्थे, त्यही थिए ।
पार्टीको महासचिव भएकै बखत बोगटी बिते । सक्रिय राजनीतिमा रहेका बोगटीको हृदयघात र ब्रेन ह्यामरेजका कारण निधन भयो । त्यसयता राममाया थप पीडामा छन् । दुई छोरीकी आमा राममाया समानुपातिक सांसद हुन् । पार्टी राजनीतिमा सक्रिय छिन् । परिवारलाई नै घर ठानेको उनको भनाइ छ । [embed]https://youtu.be/EbF18wuHI_o[/embed] रबिको सम्झनामा अक्षयकोषराममाया पति पोष्टबहादुर बोगटीको आर्दश पदचांप मेटाउन नदिन सक्रिय छन् । पार्टीभित्र अवसरवाद हावि भएको सन्दर्भ उनका सामू आफ्नो छोरा र छोराजस्तै हजारौंको बलिदानीको औचित्य पुष्टि गर्नुपर्ने दायित्व छ । उनी पार्टीमा सोका लागि निरन्तर संघर्ष गर्ने बताउछिन् । संगै, छोराको स्मृतिमा केही गर्ने चाहना राखेकी छिन् । रबि पढेको तुप्चेस्थिति चण्डेश्वरी उच्चमाध्यामिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई केन्द्रीत गरि रबिको सम्झनामा अक्षय कोष खडा गर्ने उनको सोच छ ।
पार्टी नेतृत्वमा रहीसकेका पति पोष्टबहादुरको नाममा पार्टीले प्रतिष्ठान गठन गरेको छ । दुई छोरीले बुबाको नाममा संयुक्तरुपमा अक्षयकोष खडा गर्ने सोच बनाएका छन् । रबिको रगतले लेखिएको माओवादी जीलाई पूर्णता दिन सकिन्छ या सकिदैन भन्ने चिन्तनमा बोगटी परिवार घोत्लिरहन्छ ।
post bahadur bogati rabi bogati rammaya bogati