युरोकपको समूह बीबाट वेल्स र इङ्ल्याण्ड नकआउट चरणमा प्रवेश

असार ७ । इंग्ल्याण्ड युरोकप फुटबलको अन्तिम १६ मा पुगेको छ । सोमबार राति भएको खेलमा स्लोभाकियासँग गोलरहित बराबरीमा रोकिएको इंग्ल्याण्ड समूह बीको उपविजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो ।
यसअघिका खेलमा वेल्सलाई २–१ ले हराएको तथा रुससँग १–१ को बराबरी खेलको इंग्ल्याण्डको पाँच अंक भएको छ । इंग्ल्याण्डले अन्तिम १६ अन्तर्गत आउँदो सोमबार समूह एफको उपविजेतासँग खेल्ने छ ।
त्यस्तै गएराति नै भएको अर्को खेलमा वेल्सले रसियालाई ३–० गोल अन्तरले हराउंदै समूह बीको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
Uor Cup