अर्थ ताजा खबर प्रवास News

कोरियामा नेपाली कामदार मर्कामा

कोरियामा नेपाली कामदार मर्कामा

1 असार ७ । कोरियामा पानीजहाजको मागमा उच्च गिरावट आएपछि त्यसको प्रत्यक्ष असर नेपाली कामदारमा पर्ने भएको छ । माग घटेपछि उत्पादक कम्पनीले धमाधम कामदार काटौती गर्न थालेका छन् । ती कम्पनीमा ठूलो संख्यामा नेपाली काम गर्दछन् । कोरियामा पानीजहाज उत्पादन गर्ने ठूला कम्पनीमा जहाज उत्पादनमा यस वर्ष गिरावट आएको हो ।

रोजगार अनुमति प्रणालीमार्फत कोरिया पुगेका आठ सय २५ नेपाली कामदार डेउ सिपविल्डिङ एन्ड मेरिन इन्जिनियरिङ कम्पनीका कार्यरत छन् । अहिले ती कम्पनीले कामदार कटौती सुरु गरेका हुन् । हुन्डाइ इन्ड्रस्ट्रिज कम्पनीले मे महिनाको पहिलो साता करिब तीन हजार कामदार कटौती गरेको छ भने सामसुङहेभी इन्ड्रस्टिजले स्वेच्छिक अवकासको योजना ल्याएको छ । अन्नपूर्ण दैनिक

Korea

विशेष