अपराध सुरक्षा ताजा खबर विदेश News

काबुल घटनामा मारिए भूकम्प – गायक

काबुल घटनामा मारिए भूकम्प – गायक

mahu असार ७ । नुवाकोट कल्याणपुर गाविस १ का मधुसूदन कोइराला काठमाडौं नेपालटारमा घर बनाउने योजनासहित पैसा जुटाउन अफगानिस्तान पुगेका थिए । पैसा कमाएर नेपालटारमा घर बनाई परिवारसँगै बस्ने उनको चाहना थियो । तर काबुलमा सोमबार आत्मघाती बम आक्रमणसँगै उनको त्यो सपना चकनाचुर भएको छ । बम आक्रमणमा ४४ वर्षीय मधुसूदनसँगै उनका साथी कल्याणपुरकै ४२ वर्षीय डम्बरबहादुर तामाङ र ठेगाना नखुलेका लीलबहादुर गुरुङ मारिएका छन् । यस्तै ठेगाना नखुलेका च्याङ्बा तामाङ घाइते भएका छन् ।

पूर्वसैनिक मधुसूदनले चार वर्षदेखि काबुलस्थित साव्री सुरक्षाकर्मी कम्पनीमा आबद्ध भएर काम गर्दै आएको उनका छिमेकी रामचन्द्र ओझाले बताए । मधुसूदन गत चैतमा छुट्टीमा आएर काबुल फर्किएका थिए । घटना थाहा पाएपछि उनका ७० वर्षीय बुबा दुर्गानाथ कोइराला र ६५ वर्षीया आमा शोकमा डुबेका छन ।

पत्नी नानीमैयाको होस खुल्नसकेको छैन । ६ छोरी र एक छोरा रहेका मधुसूदनका गत वर्ष वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परी छोरा र कान्छी छोरीको मृत्यु भएको थियो । भूकम्पले एकमात्र छोरा र एउटी छोरीलाई चुँडेर लगेपछि मन भुलाउन उनी पत्नी र छोरीहरूलाई राख्न काठमाडौंमा घर बनाउन लागेका थिए ।कल्याणपुर २ का पूर्वसैनिक ४२ वर्षीय डम्बरबहादुर पनि काबुलमा सुरक्षागार्ड थिए ।

उनी पनि मधुसूदनसँगै गत चैतमा छुट्टीमा आएर फर्किएका थिए । स्थानीय राम खड्काका अनुसार चैतमा उनीहरूसँगै अफगानिस्तानमा रहेका ४० युवा एकैपटक गाउँमा आएका थिए । घटनापछि कल्याणपुर गाविस शोकमा डुबेको छ ।

स्वर्गीय कोइरालाले गाएको मार्मीक गीत

kabul akrama Madusudan Koirala

विशेष