अपराध सुरक्षा ताजा खबर News

पक्राउ पर्ने डरले पाइलटहरु धमाधम जागिर छोड्दै

पक्राउ पर्ने डरले पाइलटहरु धमाधम जागिर छोड्दै

images काठमाडौं, असार ७ । एक नक्कली पाइलटलाई पक्राउ गर्दै प्रहरीले नक्कली प्रमाणपत्रको छानबिन अगाडि बढाएपछि विभिन्न एयरलाइन्स कम्पनीमा कार्यरत पाइलटले धमाधम राजीनामा दिन थालेका छन् । दुई महिनामा २२ जनाले राजीनामा दिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गोमा एयरका को (पाइलट विशाल कार्कीलाई पक्राउ गरेको थियो । आइएस्सी फेल भएपछि उनले अमृत साइन्स क्याम्पसबाट आइएस्सी पास गरेको नक्कली सर्टि्फिकेट बनाएर पाइलट पढेका थिए । अदालतले उनलाई पुर्पक्षका लागि जेल चलान गरिसकेको छ । कार्की पक्राउ परेपछि पाइलटहरुले राजीनामा दिन थालेको सीआईबीका निर्देशक डीआईजी नवराज सिलवालले बताए ।

चिकित्सा क्षेत्रमा आइएस्सीको नक्कली प्रमाणपत्रका आधारमा एमबीबीएस पढेजस्तै पाइलट पेसामा पनि त्यस्तै प्रवृत्ति देखिएको थियो । एकजना पक्राउ परेपछि अरुले धमाधम राजीनामा दिएका हुन् । डीआइजी सिलवालले नक्कली प्रमाणपत्रधारी पाइलटहरुमाथि पनि अनुसन्धान भइरहेको बताए । पाइलट मात्र नभई कतिपय चिकित्सकसमेत जागिर छाडेर विदेश जान थालेको स्रोत बताउँछ । नयाँ पत्रिका

Fake Pailot

विशेष