ताजा खबर News

गुठीका हाकिमले फाइल लुकाएपछि..........

गुठीका हाकिमले फाइल लुकाएपछि..........

guthi-sasthan

४० बर्षदेखि विचाराधिन मुद्धाका बारेमा गुठी संस्थानको बोर्डमा छलफल शुरु भएको छ । नेपाल आजले लक्ष्मीकृष्ण खड्गीका हजुरबुबाले दायर गरेको र नातिको कांधमा आइपुगेको मुद्धाको समाचार प्रकाशित गरेपछि बोर्डले सो बारेमा छलफल थालेको हो ।

विक्रम सम्बत १९९० सालको भुकम्पलगत्तै खड्गीका हजुरबुबाले ललितरपुरको मंगलबजारमा घर हालेका थिए । मोहीयानी हकको कानून बनेसंगै हजुरबुबा लालबहादुर खडगीले हकदाबी गर्दै निवेदन दिएका थिए । त्यसयता तीन पुस्ताले निरन्तर गुठीमा निवेदन र आवश्यक कागजात बुझाउंदै आएका छन् ।

असार ३ गते बसेको बोर्ड बैठकमा खड्गीको हकदाबीका बारेमा छलफल भयो । तर, उनले बुझाएका कागजात गुठीमा फेला नपरेपछि बैठक बिना निष्कर्ष सकियो ।

गुठीका सबैभन्दा पूराना कर्मचारीसमेत रहेका सहप्रशासक हेम सुवेदीले मुद्धा कमजोर बनाउनका लागि कागजात लुकाएको आरोप पीडित पक्षको छ । सुवेदीसंग यसबारेमा बुझ्नका लागि नेपाल आजले गरेको प्रयास सफल हुन सकेन । लक्ष्मीकृष्ण खड्गीले गुठीमा बुझाएका सबै कागजात आफुसंग सुरक्षित रहेकाले गुठीले माग गरेमा आफुले पुनः बुझाउने जानकारी संस्थानका अधिकारीलाई दिएका छन् ।

गुठी संस्थानका प्रशासक नारायण चौधरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मन्त्रालयबाट खड्गी पीडित हुंदाहुंदैपनि किन निर्णय भएन भन्ने सरोकार राखिएको प्रष्ट गरे । उनी भन्छन्, ‘हामीले उहाँको बिषयमा गम्भिर भएर छलफल गरेका छौ । गुठीमा प्रमाण भेटिएन । हामी निर्णय गर्न सक्ने अवस्थामा रहेनौं ।’

के भन्छन खड्गी

गुठी संस्थानले प्रमाण पुगेन भन्नु नै उसको नियत खराब भएको जनाउ दिनु हो । जे जति प्रमाण मागिएको थियो मैले पटकपटक गरेर बुझाएको छु । मेरो मुद्धाको फाईल गुठीले गायब पारेको हो । हेम सुवेदी मेरो बिरुद्धमा छन् । उनले गर्दा नै यो मुद्धा यति लम्बिएको हो । गुठी प्रमाण नभएर निर्णय गर्न ढिला गरेको हो भने किन मलाई बैठकमा बोलाउदैन । किन अनेक बहाना गरेर सधैं झुलाउंछ । गुठीको नियत नै खराब छ । अनेक बहाना गरेर झारा ठार्ने काम गर्छ । प्रमाण मसंग सुरक्षित छ । प्रमाणमै अल्झिएको हो भने मसंग माग्नु पर्यो । बैठकमा डाक्नु पर्यो ।

अख्तियारको चासो

मछिन्द्रनाथ पताहाछ्या गुठीमा बुझाइएका कागजात कसरी हराए भन्ने प्रश्न पेचिलो बनेको छ । कागजात हेर्ने अधिकारीले कागजातको जिम्मासमेत लिनुपर्ने हुन्छ । सम्बन्धित कार्यालयमा बुझाइएको फाइल सम्बन्धित कार्यालयले सुरक्षित राख्नु उसको दायित्व हो । तर, व्यक्तिगत रिसइबीले फाइल गायब पारिएको सन्दर्भले राज्य संयन्त्रमाथि प्रश्न उठन थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि नै खड्गीको मुद्धा तुरुन्त किनारा लगाउनुभन्ने निर्देशन दिएको थियो । अख्तियार प्रवक्ता कृष्णहरि पुस्कर सो मुद्धा अख्तियारको चांसोमा रहेको प्रष्ट गरे । उनले कसैको बद्नियत भेटिए सम्बन्धित अधिकारीमाथि कारवाही हुने दोहोर्याए ।

र याे पनि

८० बर्ष देखि न्यायको लागि याचना बाजेको फाइल नाति सम्ममन्त्रीले नै आफ्नो तोक, लिखत र हस्ताक्षर भुलेपछि……….गेट कलेजकोे यस्तोसम्म झुट, बिद्यार्थीहरुसंग ब्रम्हलुटगेटआउट गरिएकी मीनासिंहको बचाउमा लाग्यो गेट, कलेजद्वारा रचिएका नक्कली कथाको भीआइपीद्वारा खण्डन (भिडियो सहित)मीनाले निम्त्याएको महाभारत ! कान्तिपुर र नागरिक कुन ठीक ?

Guthi

विशेष