खेल ताजा खबर News

अमेरिकी समर्थकलार्इ मेसीको डर

अमेरिकी समर्थकलार्इ मेसीको डर

Messi मैदानमा खेलिरहँदा होस् या बेन्चमा बस्दा मेसी सधैं समर्थकको आकर्षणको केन्द्र हुने गर्दछन् । अमेरिकामा जारी कोपा अमेरिकामा हजारौं अमेरिकन समर्थकले अर्र्जेिन्टनाका स्ट्राइकर लियोनेल मेसीको प्रर्दशनमा ताली पिट्दै उनलाई हौस्याउँदै आएका छन् । तर, तिनै हजारौं समर्थकलाई सेमिफाईनलमा आफ्नै घरेलु मैदानमा अर्र्र्र्र्जेिन्टना संग खेल्दा मेसीकै डर हुनेछ ।

मेसी अहिले पूर्ण रुपमा फिट छन् । पूर्णरुपमा फिट नहुँदा पनि उनले सहज रुपमा खेल्दै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन । अमेरिकी समर्थकलाई आफ्ना खेलाडीले मेसीलाई कसरी नियन्त्रणमा राख्छन् भन्ने चासो छ । त्यसैले अमेरिकी समर्थक थप चिन्तित बनेका हुन् ।

समुह चरणको चिलीविरुद्धको पहिलो खेलमा बेन्चमा बस्दापनि समर्थकले उनको नामको नारा लगातार लगाई रहे । मेसीको व्यक्तित्वका कारण सोही खेलमा दुई गोल गर्दै आफ्नो टोलीलाई विजयी गराएका एन्जेल डि मारियाको उत्कृष्ट प्रदर्शन भने छाँयामा परेको थियो ।

प्रतियोगिता अवधिभर अर्जेन्टिनाको जर्सी लगाउँदै मेसीको समर्थन गर्दै आएका अमेरिकी समर्थकहरु मैदानमा कुन रुपमा आउँछन् र कसलाई समर्थन गर्छन् भन्ने हेर्न बाँकी छ ।समुह चरणको दोस्रो खेलमा पानामाविरुद्ध दोस्रो हाफमा मैदानमा प्रवेश गर्दै मेसीले ह्याट्रिक गर्दा होस् वा भेनेजुएलाविरुद्धको क्वाटरफाइनल नै किन नहोस् उनको खेल हेर्न हजारौं समर्थक मैदानमा उपस्थित थिए ।

ती मध्ये कयौं समर्थक विश्व चर्चित खेलाडी मेसीलाई एकपटक हेर्न मात्र भए पनि रंगशालामा आएका थिए । तिनै समर्थक शनिबारको गलत रात किन आयो भनेर शान्ताक्रुजलाई सराप्नेछन् । किन भने मेसी आयोजक अमेरिकालाई कोपा अमेरिकाको फाइनल प्रवेशमा रोक लगाउन तगारो बन्न सक्नेछन् ।

Argentina Copa America Leion Messi Messi

विशेष