काबुलमा बिमान पठाउने बारे परराष्ट्रमा अझै अलमल
असार - ७ । काबुलकाे अात्मघाती अाक्रमणमा मारिएका नेपालीहरुकाे शब लिन जहाज पठाउन अलमल गरेकाे छ । अफगानिस्तानको राजधानी काबुलमा भएको अात्मघाती आक्रमणमा १२ नेपाली मारिएका थिए ।
सरकारले घटनामा मारिएका नेेपालीको शब लिन जहाज पठाउने निर्णय गरेकाे थियाे । निर्णय गरेता पनि जहाज पठाउने मिति र समय टुङगो लागेको छैन । अफगानिस्तान जहाज कति वेला पठाउने निर्णय भइ नसकेकाे परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेल बताउँछन् ।
काबुल घटनाका मृतकका परिवारले सरकार समक्ष लाश ल्याईदिन आग्रह गरेका थिए । अाफन्तकाे अाग्रहपछि सरकारले विमान पठाउने निर्णय गरेकाे हाे । उक्त घटनामा परी ७ नेपाली घाइते भएका थिए ।
kabul akraman
prarastar