ताजा खबर News

करिष्माले नयाँशक्ति छोड्ने हल्ला मात्र

करिष्माले नयाँशक्ति छोड्ने हल्ला मात्र
असार - ७ । अभिनेत्री करिष्मा मानन्धर नयाँशक्ति नेपाल पार्टी छाेड्ने मुड भएकाे कुरा हल्ला मात्र भएकाे बताएकी छन् । नयाँशक्तिमा पुगेपछि उनी चौतर्फी आलोचनाको सिकार भएकी थिइन् । karishma-manandhar नेपाल आजसंग कुरा गर्दै उनले सो खबर झुट र आधारहिन भएको बताएकी छिन । ‘नयाँ शक्तिसंग समस्या भएकाले यस्तो खबर छापेको हो’ उनले भनिन् । 'मैले बाबुरामलाई फोन गरेर पार्टी छाड्ने कुरा सरासर गलत हो । म आलोचनाबाट आजित भएको भन्ने कल्पनामा लेखिएकाे समाचार हाे' उनले अाक्राेश पाेखिन्। करिष्माले नयाँशक्ति छोड्ने हल्लाको समाचार आएपछि करिष्मालाई धेरै फोना आएर आजित भएपछि उनले आफ्नो फेसबुकमा स्टेटस् लेख्दै आफूले नयाँ शक्ति पार्टी छोड्ने कुरा हल्ला मात्र भएको जानकारी पनि गराएकी छन् । karishma  

karishma Nayashakti

विशेष