अपराध सुरक्षा ताजा खबर News

श्रीमानले घाँटी रेटेर हत्या

श्रीमानले घाँटी रेटेर हत्या
असार -  ७ । तीन छोराछोरीसहित माइतीमा बस्दै आएकी एक महिलाको श्रीमानले बन्चरोले घाँटी रेटेर हत्या गरेका छन् । सोमबार राति साढे दुई बजेतिर माइतीमा सुतिरहेकी २८ वर्षीय धनसरा कुमालमगरको श्रीमान वीरबहादुर कुमालमगरले बन्चरोले घाँटी रेटेर हत्या गरेका हुन् । killing इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार भेरीगंगा नगरपालिका–३ सानोजात्रीमा आमा, भाउजु र तीन छोराछोरीस“गै सुतिरहेकी धनसरालाई वीरबहादुरले हत्या गरेका थिए । श्रीमतीको हत्या गरेर फरार रहेका वीरबहादुरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । धनसराले सोमबार सदरमुकाम वीरेन्द्रनगर आएर जिल्ला अदालतमा सम्वन्ध विच्छेदको मुद्धा दर्ता गराएकी थिइन् । ‘अहिल्यै कुटपिट गर्ने, खानलाउन नदिने भएकाले माइतीकै सल्लाहमा अदालतमा दिउ“सो सम्वन्ध विच्छेदको मुद्धा दर्ता गराएकी थिइन्’ उनले भनिन्, ‘राति यस्तो घटना भयो ।’ इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जयसिंह विष्टले हत्यामा प्रयोग गरिएको बन्चरोसहित वीरबहादुरलाई पक्राउ गरिएको बताए । वीरबहादुरले श्रीमतीको हत्या गर्ने उद्देश्यले बन्चरोको बीड छोटो बनाएर लगेका थिए । पक्राउ परेका वीरबहादुरले आवेशमा आएर आफूले श्रीमतीको हत्या गरेको बताएका छन् । ‘वीरबहादुरले आवेशमा आएर श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन्’ विष्टले भने, ‘हामी थप अनुसन्धानमै छौं ।’ श्रीमतीलाई बन्चरोले हानेर आएपछि विहान चार बजेतिर वीरबहादुरले माइतीमा फोन गरेका थिए ।

hatya

विशेष