ताजा खबर News

अविरल वर्षाका कारण दर्जनौ घर डुवानमा

अविरल वर्षाका कारण दर्जनौ घर डुवानमा

असार - ७ । गएरातिदेखि भइरहेको अविरल वर्षाका कारण मोरङको जनजीवन प्रभावित हुनुका साथै दर्जनौं घर डुवानमा परेका छन् । 

floodwaters

मधुमल्लास्थित नुनसरी बक्राहा खोलामा आएको बाढीको कारण तटबन्ध भत्किँदा कुसैनी गाउँको सयौं घर डुवानमा परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । इलाका प्रहरी कार्यालय मधुमल्ला र उर्लाबारीबाट खटिएका प्रहरी टोलीले अलपत्र अवस्थामा परेका नौ परिवारलाई आफन्तको घरमा राख्ने व्यवस्था मिलाएको छ । त्यस्तै सोही खोलाको पानीले हसन्दह–५ मा तटबन्ध भत्काएर सो गाउँमा पस्दा २० घर डुवानमा परेका छन् । रासस

विशेष