ताजा खबर News

काबुलमा मारिएका बाह्रमध्ये एक अवैधानिक

काबुलमा मारिएका बाह्रमध्ये एक अवैधानिक
असार - ७ । सोमबार काबुलमा आक्रमणमा ज्यान गुमाउने १२ जना मध्ये एक अवैधानीक तरिकाले अफगानिस्तान पुगेकाे खुलासा भएकाे छ । kabula 2332 सुनसरीका अकुल तामाङकाे नाम बैदेशिक राेजगार विभागकाे श्रम स्वीकृती तथ्यांकमा नरहेकाे भेटिएकाे छ । वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीले तामाङको नाम बैराेकाे तथ्यांकमा नरहेको पुष्टी गरेका छन् । अात्मघाती हमालामा १४ जना मारिएका थियाे । उक्त घटनामा सात जना घाइते भएका थिए । घाइते मध्ये केहीकाे अवस्था चिन्ता जनक रहेकाे बताइएकाे छ । सो घटनाप्रति विश्वका विभिन्न देशहरुले खेद प्रकट गरेका छन् । यता मृतककाे शव नेपाल ल्याउनकाे लागि नेपाल सरकारले अाफ्नै विमान पठाउने भएकाे छ । विमान पठाउने बारे तयारी भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले जानकारी दिए ।

kabul akraman

विशेष