नेपाल वायुसेवा निगमको जहाज अफगानिस्तान जादैं

असार - ७ । सरकारले अफगानिस्तानमा आतंककारी हमलामा निधन भएका १२ नेपाली र घाइतेहरुलाई लिन नेपाल वायुसेवा निगमको जहाज पठाउने तयारी गरेको छ ।
परराष्ट्र मन्त्रालयले सिंहदरबारमा पत्रकार सम्मेलन गरेर जहाज पठाउनेबारे तयारी भइरहेको जानकारी गराएको हो । अफगानिस्तानमा नेपाली दुतावास नभएको र शव ल्याउन केही प्रकृया मिलाउनु पर्ने भएकोले समय लागे पनि आज बेलुकीसम्ममा वायु सेवा निगमको जहाज त्यसतर्फ जाने बताइएको छ । उडान अनुमतिको सबै काम पूरा भएको र अफगानिस्तानबाट अन्य नेपाली आउन चाहेमा ल्याउने तयारी पनि गरिएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।
यता नेपाल लगायत अन्तर्राष्ट्रिय क्षेत्रबाट उक्त आतंककारी घटनाको निन्दा गरिएको छ । प्रधानमन्त्री केपी ओली, उपप्रधान तथा परराष्ट्र कमल थापा, पूर्वराजा ज्ञानेन्द्र शाह, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले घटनाको निन्दा गरे ।
Kabul
nepal airline
